अवरुद्ध संसद खाेल्न कांग्रेसद्वारा पटकपटक उधारो सहमति

0

काठमाण्डौं – गत भदौ २४ मा बाँकेको खजुरास्थित सितापुरमा नेपाली कांग्रेसको जिल्ला सभापति किरणको कोइरालाको हात भाँच्चिने गरी भएको आक्रमणमा संलग्न दोषीलाई कारवाही नगरेसम्म संसद अवरुद्ध गर्ने चेतावनीसहित संसद बैठक अवरुद्ध गराइरहेको अवस्थाबीच सरकारसँग उधारो सहमति गरेर संसद चल्न दिएको छ ।

बुधबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके सितापुर आक्रमणमा संलग्न सबैलाई कारवाही गरेरै छाड्ने वचन सरकारको तर्फबाट कानून तथा न्यायमन्त्री भानुभक्त ढकाल आश्वसन दिएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद चल्न दिएको हो । घाइते बाँके सभापति कोइरालाले खजुराका वडाध्यक्ष सुजनमल्ल लगायतविरुद्ध किटानी जाहेरी दिएकी छन् । तर मल्ललाई पक्राउ गरिसकेको छैन । पक्राउ गर्ने र कारवाही गर्ने वचन कानून तथा न्याय मन्त्री भानुभक्त ढकालबाट जवाफ पाएका छन् । तर सत्तारुढ दल नेकपाका कतिपय सांसदले मल्ल निर्दोष रहेको दाबी गरिरहेका छन् ।

संसद शुरु भएसँगै विशेष समयमा कांग्रेस सांसद दिलेन्द्र बडुले बाँके सितापुर आक्रमणका दोषीमाथि कारवाही किन भएन ? भनेर सभामुखमार्फत गृहमन्त्रीको जवाफ माग गरेका थिए । तर कारवाही गर्ने वचन मन्त्री ढकालबाट पाएपछि संसद चल्न दिइएको थियो । अन्यथा, आजको बैठक पनि बाँके घटनामा दोषीलाई पक्राउ नगरेसम्म संसद बैठक चल्न नदिने बताइरहेको थियो ।

यसअघि पनि असार ५ मा विप्लव नेकपाका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानी हत्या गरेपछि हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन संसदीय छानबिन गठन गर्न माग गर्दै पटकपटक संसद बैठक अवरुद्ध गर्दै आइरहेको बेलाका बीच ‘संसद बैठक अवरुद्ध हुनुका मुख्य कारण पत्ता लगाउन’ भनी सांसद सुवास नेम्वाङको संयोजकत्वमा समिति गठन गर्ने विषयमा सहमति गरेर माग आन्दोलन समाप्त गर्न पुगेको थियो नेपाली कांग्रेस । नेम्वाङ नेतृत्वको समितिले अहिलेसम्म सिन्को भाँचेको छैन ।

त्यसपछिका बाँके घटनामा पनि उसले उस्तै र निष्प्रभावी तरिकाको सम्झौता सम्झौता गरेर फेरि एकपटक अर्का पीडितलाई अन्यायमा पार्ने सम्झौता गरेको टिप्पणी शुरु भएको छ । संसदमा कांग्रेसको उपस्थिति र प्रस्तुति फितलो हुँदै गएको भन्नेहरुका मतलाई थप बल मिलेको छ ।

Leave A Reply

Your email address will not be published.