चितवन समाज स्पेनको शुभकामना आदन प्रदान र हाजिरी जबाफ प्रतियोगिता हुँदै

0

चितवन समाज स्पेनले हरेक बर्ष नियमित रुपमा नेपालीहरुको महान चाड विजय दशमी एवं शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित गर्ने खुल्ला हाजिर जवाफ कार्यक्रम यस वर्ष सेप्तेम्बर २३ तारिख सोमबार गर्ने खेलकुद सँयोजक एबम एनआरएन स्पेनका सचिब ध्रुब भट्टले जानकारी गराउनु भएको छ

नेपाली समुदायको एकता र सामान्य ज्ञानको ब्रिद्धी गर्न सहयोग पुग्ने उद्यस्यले आयोजना गरिएको सो कार्यक्रममा सम्पूर्ण कार्यसमिति लगायत संघ संस्थाका पदाधिकारीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्न र कार्यक्रममा हुने खर्चका लागि आर्थिक सहयोग गर्नु हुन पनि समाजका अध्यक्ष राजु सम्शेर थापाले अनुरोध गर्नु भएको छ .

कार्यक्रम हुने मिति: २३/०९/२०१९, सोमबार
समय: अपरान्ह ३ बजे
स्थान: Centre Civic la Sedeta
C/Sicilia, 321
08025 Barcelona, Spain

Leave A Reply

Your email address will not be published.