एनआरएनए युरोप उपसँयोजक गिरीको सँयोजकमा उम्मेद्बारी

0

गैर आबासीय नेपाली संघ को आगामी महिना हुने नबौ महाधिबेशनमा स्पेनलाई कर्मथलो बनाएर सामाजिक काम गरीरहेका एनआरएनएका युबा अभियन्ता एकराज गिरीले युरोप सन्योजक पदमा उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

गैर आबासीय नेपाली संघ स्पेनको नब निर्बाचित कार्यसमिती र निबर्तमान पदधिकारी एबम सामाजिक अगुवाहरुले गिरीलाई युरोप सन्योजकका लागि सिफारिस गरे पछि चारदिशा सँग कुरा गर्दै बर्तमान युरोप उपसन्योजक रहेका गिरीले एनआरएन अभियानलाई बर्तमान समयको आवश्यकता र नेपाली समुदायको चाहना अनुरुप अगाडि बढाउन युरोप सन्योजकको जिम्मेवारी लिन चाहेको बताउनु भएको छ । एनआरएन अभियान प्रबासमा बस्ने हरेक नेपालीका लागि हुनु पर्नेमा एउटा तप्काको मात्रै हुनु संस्थाको सुदुर भबिष्यका लागि शुभ संकेत होइन भन्दै गिरीले देश बाहिरको देशमा रहेका मजदुर, विद्यार्थी, ब्यवसायिक बर्ग,र बिद्वत बर्गलाई समेटेर संस्थागत कार्ययोजना ल्याउने र बिशेष गरी युरोपबासी नेपालीहरुका समस्या समाधान गर्न कृयाशिल रहने उहाको प्रतिबद्धता छ ।


युरोपको नेपाली समुदायमा निकै मिलनसार र परिणाममुखी सामाजिक काम गर्न सक्ने सफल नेत्रित्वकर्ताको छबी बनाएका गिरी संस्थाको बिधी र प्रकृयाका ज्ञाताको रुपमा परीचित हुनुहुन्छ । नेपालले महाभुकम्पको प्रकोप ब्यहोरी रहदा एनसिसि स्पेन मार्फत सबै भन्दा धेरै सहयोग रकम सन्कलन गराउन मुख्य भूमिका खेलेका गिरी सन् २०१५- २०१७ को कार्यकालमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा सन् २०१३- २०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष हुनु हुन्थ्यो ।

नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधि गिरी नेपालको लुम्बिनी नगर पालिका स्पेनको म्याड्रीड नगरपालिका, लगायत बिभिन्न प्रतिष्ठित अन्तरराष्ट्रिय संस्थाहरु समलग्न मह्त्वाकाङ्क्षी परियोजना ”बुद्ध गार्डनका” सदस्य सचिब हुनुहुन्छ । अरबौ डलरको बहु आयामिक परियोजनाको मुख्य लक्ष शान्तीका अग्रदूत गौतम बुद्धका शन्देश विश्वमा फैलाएर नेपालको पहिचानको उचाइ बढाउने र पर्यटन पर्बर्धन गर्ने रहेको छ ।

नोबेल् शान्ती पुरुस्कार बिजेताहरुको सन्लग्नता रहने उक्त परियोजनाको सिलान्यास निकट भबिष्यमै स्पेनका राजा फिलिप र नेपाली राष्ट्रपती बिद्यादेवी भण्डारीबाट हुने लक्ष सहित् तयारी भैरहेको बुद्ध फाउन्डेशनले जनाएको छ । गिरीकै सकृयामा चर्चित स्पेनी फुटबल क्लब एथ्लेटिको म्याड्रिडले नेपालमा फूटबल प्रशिक्षण स्कुल सन्चालन गरी रहेको छ भने अन्य फूटबल सम्बन्धी कार्यक्रमका लागि कार्ययोजना बनी रहेको उक्त क्लबले जनाएको छ ।


गैर आबासीय नेपाली अभियान मार्फत मातृभूमी र नेपाली डायसपोराका लागि आफ्नो सम्पूर्ण उर्जा लगाएर सकारात्मक् योजना र सहभागिता मुलक संगठन बनाउन युरोपबासी गैर आबासीय नेपालीहरुलाई आफ्नो उम्मेद्बारीलाई अनुमोदन गरिदिन गिरीले अनुरोध गर्नु भएको छ .

Leave A Reply

Your email address will not be published.