‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ पारित

0

काठमाण्डौं – राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।

यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरुको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिएका थिए । त्यसैगरी अर्का संसोधन कर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए ।

Leave A Reply

Your email address will not be published.