ओली यसरी मात्र लोकप्रिय बन्छन् तर कसले सम्झाउने ?

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समयमा दिनैपिच्छे आ.लोचित बन्दै गएका छन् । एकातिर सरकारको प्रस्तुति कमजोर बन्दै गएको छ भने अर्कातिर उनको बोली र स्वभावले उनलाई संकटमा पारेको छ । पार्टी एकता भइसकेपछि पनि तल्लो तहसम्म कार्यकर्ता व्यवस्थापन नहुँदा संकट उत्पन्न भएको छ ।

पार्टी र सरकार सञ्चालनमा समस्या देखिएको भन्दै सर्वत्र आलोचना हुँदासमेत बचाएर बोल्ने मान्छे पाइन छोडेको छ । प्रधानमन्त्री ओली भनें सधैं गफ गरेर नै सरकार चल्छ भन्ने सोचमा अघि बढेका छन् ।

उनी प्रधानमन्त्री भएको आज १८ महिना २६ दिन पुगेको छ तर जनअपेक्षा अनुसार काम हुन नसकेको उनकै पार्टीका नेताहरुले भन्दै आएका छन् । यतिमात्र होइन केही मानिसहरुबाहेक अरु कोही पनि सरकारको पक्षमा खु्लेर बोलेका छैनन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीको पक्षमा वकालत गर्ने पक्षमा छैनन् । सरकार बन्ने बेलामा भएको भद्र सहमति ओलीले मान्लान् भन्नेमा माओवादीका मानिसहरु ढुक्क छैनन् । सहमति अनुसार साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्डले सरकार चलाउने भनिएपनि ओली अडानबाट पछि हट्ने सोचमा छैनन् ।

पार्टी एकता वास्तवमा ओली र प्रचण्डको राजनीति सुरक्षित गर्नजस्तो मात्र भएको छ । ओली अशक्त र बिरामी भएका बेला उनको काम के कस्तो भयो भन्ने अहिले मूल्यांकन गर्ने बेला भएको छ । ओलीले आफुलाई स्वास्थ्यको कुनै खतरा नभएको र अझै धेरै वर्ष बाँच्ने भन्दै आएका छन् । उनको स्वास्थ्यका कारण सरकारका काम कारवाही पनि सुस्त हुँदै गएका छन् । तर पनि म बिरामी र रोगी भएँ भनेर सत्ता हस्तान्तरण गर्न उनी तयार छैनन् ।

यो बेलामा उनले सरकारको नेतृत्व हस्तान्तरण गरेर पछि कुनै दिन म स्वस्थ्य भएँ भने फेरि पनि प्रधानमन्त्री बन्न सक्छु भनेर बिकल्प दिने हो भनें उनी नेपालको लागिमात्र होइन विश्वकै चर्चित राजनाीतिक व्यक्ति बन्न सक्नेछन् । तर यो कुरा न त उनले बुझेका छन् न त उनका शुभचिन्तकले नै यो सल्लाह दिएका छन् ।

देश र जनताको लागि राजनीति गर्छु भन्ने नेताहरुले त्यागको भावना भने कहिल्यै पनि राखेको पाइदैन । पद पाएपछि मरुन्जेलसम्म नछोड्ने प्रचलन बढेको छ त्यसैले यो बेलामा ओलीले एकपटक त्यागको भावनाले पार्टीका अरु साथीहरुले सरकार चलाउनुस् म केही समय आराम गर्छु भन्ने हो भनें ओलीप्रति अहिलेसम्म लागेका सबै आरोप र आलोचना अन्त्य हुने थिए तर सम्झाउने कसले भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।

Leave A Reply

Your email address will not be published.