पोर्तुगलका यामेन्द्र घर्तीले एनआरएनए आइसीसी युवा संयोजकमा उम्मेदवारी दिने

0

योगेन्द्रमिलन छन्त्याल, १४ सेप्टेम्बर, लिस्बन ।

गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजकमा पोर्तुगलबाट यामेन्द्रकुमार घर्तीले उम्मेदवारी दिने भएका छन् । बागलुङका घर्तीले आज पत्रकार भेटघाटको अवसरमा आफूले आइसीसी युवा संयोजक पदमा प्रतिष्पर्धा गर्ने बताएका हुन् ।

जापानमा रहेका उनका समर्थक रेशम पुनका अनुसार एशिया पशिफिक, युरोप र अमेरिकाका एनआरएनए अभियन्ताहरुबाट घर्तीलाई सहयोग हुने आश्वासन प्राप्त भएको बताए । घर्तीले सबैतिर घनिभूत छलफल र समन्वयका लागि उच्चतम प्रयास गरिएकोले विजय सुनिश्चित रहेको दावी गरेका छन् । उनले मध्य पूर्व र ओसेनिया क्षेत्रमा पनि समर्थन जुटाउन प्रयास भाइरहेको बताएका छन् । घर्तीलाई सामाजिक सञ्जालमार्फत संसारभरिका शुभचिन्तक शुभकामना दिएका छन् ।

हक्की स्वभावका घर्तीले आफू विजयी भएपछि संस्थागत गतिविधिलाई पारदर्शी बनाउने, युवा र श्रमिक वर्गलाई संस्थाप्रति आकर्षित गर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई पनि संस्थाको महत्वबारे सचेतना फैलाउने र गैह्र आवासीय नेपाली नागरिकताबारे संविधानमा उल्लेख भए बमोजिमको ऐन बनाउन दवाव दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

२० वर्षदेखि वैदेशिक रोजगारमा रहेका उनी ६ वर्ष जापान बसेका थिए । तेह्र महिना अगाडि पोर्तुगल आएका उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै साथीहरुको सल्लाह र परामर्शमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । जापानमा उनले एनआरएनएबाहेक नेपाली जनसम्पर्क समिति र नेपाली सेवा समाज जापानको महासचिव पदमा रहेर काम गरेका थिए ।


नेपाली काँग्रेसको एघारौ महाधिवेशनमा बागलुङ जिल्ला क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका थिए । विसं. २०५४ मा नेवि संघ जिल्ला समिति बागलुङको उपाध्यक्ष रहेका घर्तीले बागलुङ काँग्रेसको जिल्ला समितिको सदस्यको राजनीतिक अनुभव पनि सङ्गालेका छन् । सीसाखानी बागलुङका घर्ती नेपाल छँदा युवा अनुसन्धान केन्द्र नामक गैह्र सरकारी संस्थाको अध्यक्ष भएर काम गरेका थिए .

Leave A Reply

Your email address will not be published.