एनआरएनए युरोप उप सन्योजकमा सुरेन्द्र प्रधानको उम्मेद्बारी घोषणा

0
Surendra Pradhan

गैर आबासिय नेपाली संघको अक्टोबरमा हुने महाधिबेशनमा उम्मेद्वार बन्ने यसका अगुवाहरुको दिन दिनै उम्मेद्वारी घोषणा भैरहेका छन । जर्मनीलाई कर्मथलो बनाएका, संघको संस्थापक मध्यका एक सुरेन्द्र प्रधानले एनआरएनए को युरोप उपसन्योजक पदमा आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

एनआरएन जर्मनीको सदस्य, प्रबक्ता, उपाध्यक्ष हुँदै आइसिसि सदस्य भएर काम गरी सकेका प्रधानले एनआरएन अभियानलाई नयाँ तरिकाले परिभाषित गर्नु पर्ने बेला आएको र आज प्रबासमा हुर्कदै गरेको नयाँ पुषतालाई लक्षित गरेर सङ्गठनले नयाँ बाटो तय गर्नु पर्ने जिम्मेवारीलाई आफुले निभाउन चाहेकोले उम्मेद्वार भएको र निर्बाचित भएर सोही अनुसार काम गर्ने चारदिशा सँगको कुराकानीमा बताउनु भएको छ ।

युरोपमा रहेका गैर आबासिय नेपालीहरुका आफ्नै खाले कठिनाई भएकोले तिनलाई सम्बोधन गर्न आफु युरोप उप सन्योजक पदमा रहेर काम गर्ने योजनामा रहेको उहाको भनाइ छ ।

जनसंपर्क समिती, एनआरएनए र अन्य बिभिन्न सामाजिक संघ संस्थामा नेत्रित्वदायी भूमिकामा रहेर काम गरेका अनुभबी सामाजिक ब्यक्तित्व प्रधानको उम्मेद्बारीलाई युरोपका गैर आबासीय नेपालीहरुले सकारात्मक् मानेकाले सबैको सहयोग हुनेमा उहा विस्वस्त हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.