खानेपानी मन्त्री विना मगर अस्वस्थ, अस्पताल भर्ना

0

काठमाण्डौं – खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् । अस्पताल स्रोतका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य छ ।

राजतन्त्र कुनै पनि हालतमा फर्किँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन’, उनले भने, ‘यो हल्ला मात्रै हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । उनले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उनले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए । उनले अघि भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नुस् ।’ देउवाले बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।

Leave A Reply

Your email address will not be published.