उपनिर्वाचनका लागि दल दर्ता गर्ने नेकपाको निर्णय

0

काठमाण्डौं – सत्तारुढ दल नेकपाको बुधबार बसेको सचिवालयले बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बैठकले यही महिनाभित्र दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि महासचिब विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताए । उनले पार्टीको एकीकरण सन्दर्भमा छलफल गर्न छिटै सचिवालय बैठक बस्ने जानकारी समेत दिए ।

रिक्त रहेका विभिन्न ५१ स्थानका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.