पार्टीमा एकल नेतृत्व नदिए ठीक नहुने प्रचण्डको चेतावनी

0

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीमा जानुपर्नेबारे बहस सुरु भएको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकल पार्टी नेतृत्व गर्न दिनुपर्ने बहस सुरु भएको छ । युवराज ज्ञवालीले त हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व र पार्टीको नेतृत्व अर्का अध्यक्ष प्रचण्डलाई गर्न दिनुपर्ने अडान लिएका थिए ।

अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालो सरकार सञ्चालन गर्नेबारे सहमति भएको कुरा पनि केही समय बाहिर आएको थियो । तर, ओली खेमाका नेताहरुले त्यस्तो सहमति नभएको जिकिर गर्दै आएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीपनि प्रचण्डलाई एकल नेतृत्व दिन तयार छैनन् । यो कुरा महासचिव विष्णु प्रसाद पौडेलले खुलासा गरिसकेका छन् । शुक्रबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले यस्तो दाबी गरेका हुन् ।

तर, प्रचण्डका विश्वासिला नेता हरिबोल गजुरेलले पार्टीको एकल नेतृत्व अध्यक्ष प्रचण्डलाई दिनैपर्ने अडान लिएका छन् । आज बिहानमात्रै नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यक्षद्धयबीच भएको सहमति पूर्ण रुपमा कार्याव्यन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष प्रचण्डले पनि आफूलाई पार्टीको एकल नेतृत्व दिए राम्रो हुने बताउँदै आएका छन् । यदि, एकल नेतृत्व नदिए सहमति कार्यान्वयनमा समस्या आउने प्रचण्डको बुझाई छ । पछिल्लो समय प्रचण्डले शीर्ष नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम र विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । आजमात्रै पनि उनले वामदेवसँग भेट गरेका हुन् ।

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन् ।

पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले प्रयोग गर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.