स्वयम्भू गोलीकाण्डमा मुछिएका लिखु – तामाकोशी गापा अध्यक्षलाई निष्कासन कारवाही

0

काठमाण्डौं – स्वयम्भू गोलीकाण्डमा मुछिएका रामेछापकाे लिखु – तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई सत्तारुढ नेकपाले निष्कासन कारवाही गरेको छ ।

बिहीबार बसेको प्रदेश समितिको बैठकको निर्णयले खडकालाई पार्टी नीति र हितविपरीत कार्य गरेको ठहरसहित उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेर कारवाही गरेको हो । खडकामाथि सहकर्मीलाई झुठा मुद्दामा फसाउने षडयन्त्र गरेको गम्भीर आरोप लगाइएको छ ।

खडकालाई गाउँपालिकाको दुरागाउँ लगायत क्षेत्रमा विद्युत विस्तारमा एकल रुपमा पाँच करोड रुपैयाँ बजेट अध्यक्ष एक्लैले मनोमानी रुपमा खर्च गराएको र अनियमिता गरेको आरोप उपाध्यक्ष दिपशिखा दाहाल, वडाअध्यक्षसहित बहुमतले उनीमाथि लगाएको थियो । त्यसबारे बैठक बस्दा अनियमितता कुरा उठेपछि उपाध्यक्षलगायतमाथि कुर्सी प्रहार गरेको आरोप पनि उनीमाथि छ ।

त्यसपछि खडकाले वडा नं. ७ का अध्यक्ष सुभास बोहोरामाथि मान्छे लगाएर आफूसँग २ करोड रकम चन्दा मागेको, नदिए छोरीलाई अपहरण गर्ने धम्की दिएको भन्दै झुठा उजुरी गरेको आरोप लागेको थियो । आपहरणा र पैसा माग गरेको भनिएको दुई जनालाई प्रहरीले साउन २४ गते दिउँसाे काठमाडौंको स्वयम्भू क्षेत्रबाट प्रहरीले गोली हानी घाइते तुल्याई मिलन तामाङलाई पक्राउ गरेको थियो ।

धम्कीका मुख्य योजनाकार ७ नं. वडाका अध्यक्ष बोहरा भएको दाबी खडकाले गर्दै आएका थिए । अध्ययनपछि उपाध्यक्ष दाहाल, वडाध्यक्ष बोहरा, नेता धु्रव कार्कीलगायतलाई झुठा मुद्दामा फसाउन खोजेपछि पार्टी जोगाउन निष्कासन कारवाही गरेको प्रदेश ३ कमिटिका सचिव आनन्द पोखरेलले बताए । निष्कासन कारवाही गर्न रामेछाप जिल्ला पार्टीलाई पत्राचार गरिएकाे हाे । जिल्ला पार्टीका अध्यक्ष मैनकुमार माेक्तान ‘मदन’ छन् । उनी गृहमन्त्री बादलनिकटका हुन् ।

घटनापछि अध्यक्ष खडकालाई पैसा दिन र नदिए अपहरणको धम्की दिएको आरोपमा गोली हानी पक्राउ गरेको प्रहरीले जानकारी दिएको थियो । निष्कासित खडका तत्कालीन एमालेबाट विजयी हुन् ।

खडकाबाट धम्कीको आरोप आएपछि वडाध्यक्ष बोहोराले सोही दिन एक प्रेस विज्ञप्ति आरोपको खण्डन गरेका थिए । घटनाको निष्पक्ष छानबिन गर्न पार्टीसँग माग गरेका छ । छानबिनपछि खडकाले पार्टीको नीति र अनुशासनविपरीत कार्य गरेको ठहरसहित सो गाउँपालिका कमिटीले खडकालाई आवश्यक कारवाहीका लागि जिल्ला पार्टीलाई दुई हप्तापहिले सिफारिस गरेको थियो । सिफारिस उज्वल कडरियाकाे टाेलीले गरेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.