आयरल्यान्डबासी नेपाली सामुदायको सर्बसम्मतीमा एनआरएनए युरोप उपसंयोजकमा शुक्रराज न्यौपानेको उम्मेद्बारी,

0

आयरल्यान्ड । आगामी अक्टोबर १५ देखी १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा आयरल्यान्डबाट शुक्रराज न्यौपानेले युरोप क्षेत्रको उप संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएन ए आयरल्यान्डका २००९- २०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अंतर्राष्ट्रीय समिती अन्तरगत टुरिजम प्रवद्र्धन समितीका सदस्य एवं गैर आवासीय नेपाली संघ आयरल्यान्डको संरक्षक छन् ।

विगत १६ वर्ष देखि आयरल्यान्डमा विभिन्न पेशा व्यवसाय गरेर परीवारका साथ बसिरहेका न्यौपाने नेपाल देखि नै व्यवसाय , समाज सेवा र विद्यार्थी राजनीतिमा सकृय र अनुभवी ब्यक्ती हुन ।
नेपालको पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा न ६ बैदाम ( लेक साईड )मा जन्मेका न्यौपाने, होटल व्यवसाय, गार्मेन्ट उधोग र ट्राभल एजेन्सीको ब्यवसाय गरी रहेका छन भने होटल र अपार्टमेंटका साथै मौलिकता झल्कने गरी फार्म हाउस रिसोर्ट निर्माण गरी पर्यटन क्षेत्रको बिकासमा लाग्ने योजनामा छन । बैदाम स्थित ताल बाराही उच्च माध्यामिक बिधालयको व्यवस्थापन समितीमा उपाध्यक्ष, पोखरा साईवर एसोसीएसनका संस्थापक उपाध्यक्ष रही काम गरेका न्यौपाने समाजसेवाका लागि आफु सँग अनुभब र क्षमता दुबै भएको दाबी गर्छन् .

आयरल्यान्डको राजधानी डब्लिन डेखि तीन सय किमी टाढा कोर्कमा बस्ने न्यौपाने मोफसलमा रहेर पनि नेपाली समुदायको एकता आत्मियता बढाउन सामाजिक संघ संस्था कोर्क नेपाली समाज , लीमेरीक्क नेपाली समाज एवं गैर आवासीय नेपाली संघ स्थापनामा आफु सहभागी हुन पाएकोमा मिठो अनुभुती रहेको सम्झना गर्छन ।

गैर आवासीय नेपाली संघ आयरल्यान्डको स्थपना देखि आज सम्मको सकृयताको उच्च मूल्यांकन हुन जरूरी छ भन्दै वर्तमान एनआरएन अधक्ष्य मिलन छन्त्याल न्यौपानेको उमेदवारीमा आफ्नो व्यक्तिगत एवं वर्तमान समिती तथा आयरल्यान्डबासी सम्पूर्ण गैर आवासीय नेपालीको पूर्ण समर्थन एवं सहयोग रहेको छ भन्छन ।

निवर्तमान अधक्ष्य नवराज कोईराला आफ्नो पनि युरोप उपसन्योजकमा उम्मेद्बारी दिने चाहना भएको तर न्यौपानेले एनआरएनए र अन्य सामाजिक काममा गरेको योगदानको मुल्याङ्कन गरेर उनलाई सकृय सहयोग गर्ने निर्णयमा पुगेको बताउछन ।

गैर आवासीय नेपाली संघ आयरल्यान्डका पूर्ब अधक्ष्य द्वय गणेश प्रसाई र राजन काफ्ले पनि युरोप छेत्रीय उप संयोजकमा उनको उमेदवारी स्वभाविक रहेको भन्दै उहा जस्तो व्यक्तित्वले निर्वाचित हुन सके निश्चय नै उक्त पदको गरिमा बडाउन सक्ने विश्वाश आफुहरुलाई भएको बताउछन ।

सबै संघ संस्थाका हरेक कार्यक्रममा सधै सकृय रूपमा लागी रहने ब्यक्तीको रुपमा आफुले देखेको भन्छन कोर्क नेपाली समाजका अधक्ष्य लोकनाथ त्रिपाठी भने लीम्रीक नेपाली समाजका संस्थापक अधक्ष्य राज थापा पुराना क्षणहरु सम्झदै , सामाजिक भावनाको कमी र सानो संख्यामा नेपाली रहेका परीबेसमा पनि न्यौपाने गैर आवासीय नेपाली संघको अध्यक्ष हुँदा उनको प्रत्यक्ष संग्लग्नतामा यो संस्था बनाउन सफल भएको स्मरण गर्छन् , समाजिक कार्यंमा संग्लग्न न्यौपानेको साथ आफुहरुलाई निरंतर रहीरहेको कुरा वर्तमान अधक्ष्य लक्ष्मी पौडेलको भनाइ छ ।

न्यौपानेको उमेदवारीको पूर्ण समर्थन गर्दै प्रस्तावित आईसीसी सदस्य बिनोद कार्की र अधक्ष्य पदका उप विजेता एवं पूर्ब उपाध्यक्ष बसन्त न्यौपानेले पनी ,न्यौपानेलाई विजय गराउन सम्पूर्ण यूरोप क्षेत्रका गैर आवसीय नेपाली लाई आब्हान गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.