केपी ओली सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड संग बालुवाटारमा गोप्य बार्ता

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्कने वित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो भेटवार्ता भएको हो । प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै उनलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए । दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए । प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए ।

यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन – २ पनि जारी गरेका थिए ।

Leave A Reply

Your email address will not be published.