कांग्रेसभित्र ‘हिन्दूराज्य’को पक्ष र विपक्षमा भाषणबाजी

0

काठमाण्डौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभित्र ‘हिन्दूराज्य’ विषयमा दुई धार देखिएका छन् । पक्ष र विपक्षमा पार्टीका पदाधिकारीबीच भाषणबाजी नै चलेको छ ।

महामन्त्री सशंका कोइरालाले हिन्दूराज्य आवश्यकता रहेको भन्दै सार्वजनिक रुपमै भाषण गरिरहेका बेला उपसभापति विमलेन्द्र नीधिले भने पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

यससँगै कांग्रेसभित्र अबका दिनमा हिन्दूराज्यको वकालतमा पक्ष र विपक्ष दुई धार बनेर जाने निश्चित प्रायः देखिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको पनि प्रष्ट पारे ।

उनले नेपाली काँग्रेसको चारतारे अंकित झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता भएको बताए । उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दोहो¥याउँदै हिन्दूराज्य बनाउने धारणा पार्टीको लाइन नरहेको उनले प्रष्ट पारे ।

पार्टी सभापति शेरबहादुर देउवा भने यस विषयमा मौन रहेका छन् । उनको धारणा मुलतः सरकारले ‘कम्युनिष्ट राज्य’ बनाउने खोजेको भन्दै त्यसलाई भत्काइदिने विषयलाई केन्द्रमा राखेर भाषण जारी राखेका छन्।

‘हिन्दूराज्य’ प्रचार भारतीय शासकको इसारामा भइरहेको टिप्पणी भइरहेको छ भने क्रिश्चियनहरुको ‘हिन्दूराज्य’ विरोध अभिव्यक्ति दिइरहेको अर्काथरिको भनाई छ । कमल थापा नेतृत्वको राप्रपाले ‘हिन्दूराज्य’को पुनःस्थापना गर्ने पक्षमा संघर्ष गर्ने चेतावनी दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.