महिला बिश्वकप फुटबलको उपाधि अमेरिकालाई

0

क्यानडा, २१ असार । फिफा महिला बिश्वकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ । क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा साविक विजेता जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि खोसेको हो । खेलको पहिलो हाफमै ४-१ को अग्रता लिएको अमेरिकाले दोस्रो हाफमा एक गोल थप्यो । अमेरीकाको लागि कार्ली लोएडले ह्याट्रिक गरीन्भने लउरेन होलीडे र टोबीन हिथले एक एक गोल थपे ।
पराजित टोली जापानको लागि युकी ओगीमीले एक गोल गरिन् भने अमेरिकाकै जुली जोन्स्टनले एक आत्माघाती गोल गरिन् । जितसँगै अमेरिकाले सन् २०११ मा जर्मनीमा भएको महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदला लिएको छ । अमेरिकाको लागि यो उपाधि महिला विश्वकप फुटबलको तेस्रो उपाधि हो ।
अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिका बनेको छ भने जर्मनीले दुई पटक उपाधि जितेको छ । जापान र नर्वेले एक एक पटक उपाधि जितेका छन् ।

Leave A Reply

Your email address will not be published.