कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

0

भिडियो कलबारे छलफल हुने

काठमाण्डौं – मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थामा छलफल हुनेछ । बैठकमा पार्टीको आन्तरिक संरचना र दोस्रो चरणको जागरण अभियानका विषयमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१४औँ महाविधेशनलाई लिएर नेपाली कांग्रेसका नेताहरूमा विवाद छ । नेताहरूले सहमतिमा अगाडि बढ्ने सहमति गरेका छन् ।

बैठकमा सरकारको मन्त्रिपरिषद बैठकको भिडियो कलबारे पनि छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसले गोपनीयता नहुने भन्दै मन्त्रिपरिषदको बैठकलाई भिडियो कलमार्फत राखेकोमा विरोध जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति आजदेखि, देउवालाई सहमति जुटाउन सकस

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा बैठक बस्न लागेको हो । बैठकमा एजेण्डामा भने सहमति भइसकेको छैन । सभापति शेरबहादुर देउवाले बैठकमा छलफल हुने एजेन्डाबारे अनौपचारिक समझदारी जुटाउने प्रयास गरेका छन् । एकै पटक बैठकमा छलफल सुरु गर्दा विवाद बढेपछि देउवाले बैठकअघि नै अनौपचारिक सहमति जुटाउन खोजेका हुन् ।

बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुँदै छ ।

संविधानले दिएको महिला अधिकार सांसदले प्रयोग गर्न सकेनन्

संविधानले महिलालाई उच्च सम्मानका साथ अधिकार प्रदान गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ । यो नियम कार्यान्वयन पनि भएको छ । तर व्यवहारिक रुपमा महिलाहरुको भूमिका भने बलियो देखिएको छैन ।

संविधान अनुसार कुनै पनि पुरुषले महिलालाई कुनै पनि प्रकारको भेदभाव गर्न पाउँदैन । संविधानमा राष्ट्रपति वा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये १ जना महिला हुनेगरी निर्वाचन गर्नुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनुपर्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ ।

प्रदेश सभामुख वा उपसभामुखमध्ये १ जना महिला हुनुपर्ने व्यवस्था छ । संख्यात्मक हिसाबले सबै नियम कार्यान्वयन भएको छ । व्यवहारिक हिसाबले भने महिलाको भूमिका फितलो देखिएको छ । महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फको बुझाई छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउन प्रशिक्षण र अन्तरक्रियाको आवश्यक रहेको बताउँछिन् ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानून र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्न महिला सांसदहरुलाई आग्रह गरेकी छिन् । महिला सांसदहरुले भने निर्वाचित र समानुपातिक सांसदहरुबीच विभेद गरिएको गुनासो गरेका छन् ।

महिलाको जनसंख्या सिंगो विश्वमा नै आधा छ । नेपालमा पनि सिंगो जनसंख्याको आधा भन्दा बढी जनसंख्या महिलाको छ । विश्वव्यापी रुपमा नै हेर्दा पनि देशमा महिलाले पुरुषसरहको समान अधिकार पाउन सकेका छैनन् ।नेपालमा संविधानले दिएको अधिकार सन्तोषजनक छ । अब भने व्यवहारिक रुपमा भूमिका सशक्त बनाउनु जरुरी छ ।

Leave A Reply

Your email address will not be published.