रवि लामिछाने ५ लाख धरौटीमा रिहा, अस्मितालाई साधारण तारेख

0

काठमाण्डौं – शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाबारे चितवन जिल्ला अदालतले आदेश दिएको हो।

पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए। सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ।

आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका रविसहित तीनजनाविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको हो। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।

सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।

Leave A Reply

Your email address will not be published.