एनआरएनए युरोप महिला संयोजकमा योगिता थापाको उम्मेद्बारी

0

गैर आबासीय नेपाली संघको आगामी कार्यकालका लागि युरोप महिला सन्योजक पदमा योगिता थापाले उम्मेद्बारी घोषणा गरेकी छन । बेल्जियममा सकृय युबा समाजसेबीको छबी बनाएकी थापा गैर आबासीय नेपाली संघ बेल्जियमको निबर्तमान उपाध्यक्ष हुन । होटेल ब्यबसायी थापा २०१६ मा भएको बेल्जियमको राष्ट्रिय मोडल प्रतियोगिता टप मोडल २०१६ को फाइनालिस्ट हुन । नेपाली कला सँस्क्रिती, प्रबासको नेपाली दोश्रो पुस्ता र नेपालको पर्यटन प्रबर्धनका लागि कृयाशिल थापा “भिजिट नेपाल २०२०” सफल बनाउन सकृयरुपमा बिभिन्न कार्यक्रम सहित लागेकी छन भने लुम्बिनी कपिलबस्तु विश्व अभियानको बेल्जियमको सचिबको रुपमा पनि काम गरी रहेकी छिन ।

युरोपमा हुर्किएको दोश्रो पुस्तालाई आफ्नो प्रतिभा प्रदर्शन गर्न , आत्मबिश्वास बढाउन, नेपाली कला सँस्क्रिती संगै आफु हुर्किएको समाज र देशको बारेमा गहन ज्ञान र परिचय हाशिल गर्न उत्साही बनाउने उद्द्यस्यले “मिस नेपाल युरोप २०१९ ” को आयोजना पनि थापाकै आगुवाइमा बेल्जियममा हुँदै छ । सो प्रतियोगिताका लागि फ्रान्स , नर्बे , फिनल्यान्ड र अस्ट्रियामा अडिशन सम्पन्न भैसकेको छ भने सेप्टेम्बरमा बेल्जियम , नेदरल्यान्ड, जर्मनी र स्पेनमा अडिशन हुँदैछ । नोभेम्बरमा बेल्जियममा हुने फाइनल प्रतियोगिताबाट चयन हुने मिस नेपाल युरोपले गैर आबासिय नेपाली अभियानमा दोश्रो पुस्तालाई जोद्न सहयोग पुग्ने थापाको विश्वाश छ ।

नेपाली सँस्क्रिती तथा सद्भावना प्रतिष्ठानको मानार्थ सद्भाबना राजदुतको उपाधिले सम्मानित थापा आफुले गरेका यिनै सामाजिक कामलाई एनआरएन अभियानमा जोडेर प्राबासको नेपाली समाजलाई एकता र सहकार्यको माध्यमबाट अघी बढाउन चाहेको बताउछिन ।

देश बिदेशमा जहाँ रहे पनि महिलाहरुका छुट्टै खाले समस्या हुने भएकोले तीनका समाधान एनआर एन अभियानबाटै खोज्ने र प्रबासी महिलाहरुलाई यो अभियानको तागत बनाउन पहल गर्ने पनि उनको लक्ष रहेको छ । प्रबासको हरेक नेपालीले चाहेको एनआरएन बनाउने सबैको चाहनालाई सम्बोधन गर्नको लागि आफुलाई सहयोग रहने विश्वाश पनि थापाको रहेको छ ।

Leave A Reply

Your email address will not be published.