टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहाईको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन

0

काठमाण्डौं – सञ्चारकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै आज राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए ।
साउन २० मा पुडासैनी चितवनमा मृ अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका छन् ।

उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् । पक्राउ परेका तीनै जना अहीले अनुसन्धानको क्रममा चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.