संविधान दिवसमा मोदी प्रमुख अतिथि !

0

काठमाण्डौं – ३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब १ घण्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदाीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको थिए ।

जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेका छन् ।

यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.