पुडासैनी आत्महत्या प्रकरण: रबि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

0

काठमाण्डौं – पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रबि लामिछाने सहित तिनै जना अभियुक्तलाई हिरासतमै राखेर अनुसन्धान गर्न पुन: ५ दिनको म्याद थप गरेको छ । 

पहिलोपटक थप गरेको पाँच दिन म्याद दिएको आज सकिएको थियो । आजै उनलाई म्याद थपको लागि प्रहरीले अदालतमा उपस्थित गराइएको थियो ।

२० म्याद थपको माग राखे पनि अदालतले ५ दिन मात्र थप गरेको हो । लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्की पनि हिरासतमै छन् । कँडेल र कार्कीलाई पनि ५ दिन म्याद थप भएकाे छ ।

तीनै जनालाई गत साउन २० गते चितवन बसपार्कस्थित कंगारु होटलमा माउण्टेन टेलिभिजनका पत्रकार नुवाकोट निवासी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको ‘दुरुत्साहन’ अभियोगमा साउन ३० गते काठमाडौंबाट गिरफ्तार गरिएको थियो ।

म्याद थपका क्रममा भएको सरकारी वकिललाई दिएको बयानमा लामिछानेले अभियोगमा इन्कारी बयान दिएका छन् ।


Leave A Reply

Your email address will not be published.