रबी लामिछाने सहित कँडेल र कार्की बिरुद्व शालिकराम पत्नीको किटानी जाहेरी

0

काठमाण्डौं – माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने सहित युबराज कँडेल र अस्मिता कार्की बिरुद्व शालिकराम पुडासैनि सम्झना घिमिरेले किटानी जाहेरी दिएकी हुन ।

शालिकराम पत्नी घिमिरेले महानगरीय प्रहरी परिसर काठमाण्डौं मार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन । शालिकराम पत्नी सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डियको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट प्रकाउ गरेको थियो ।

Leave A Reply

Your email address will not be published.