दीपक न्यौपाने द्वारा सचिवमा उमेदवारी घोषणा

0

एनआरएनए बेल्जियमको आगामी २०१९ (२१ कार्यकालको लागि बेल्जियमका सक्रिया युबा दीपक न्यौपानेले सचिब पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन। बेल्जियममा बिगतका धेरै सामाजिकगतिविधिहरुमा सक्रिय रहेका दीपकले आफ्नो क्षमता तथा सम्पूर्ण बेल्जियमबासी युवाहरुको प्रतिनिधित्व गर्दै सचिबको लागि आंफुले उमेद्वारी दिने बताएका छन्।

प्रेश मिटको क्रममा ’बेल्जियममा २०१५(१७ मा एनआरएनए क्षेत्रीय समिती आन्त्वेर्पेनमा सचिबको र बहालवाला राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्यको रुपमा समेत अत्यन्त कुशलातापुर्वाक भूमिकानिभाई रहेका उनले ’संस्थागत मर्यादा बुझी काम गर्दै आएको बताउदै आगामी कार्यकालमा अग्रजहरुको अनुभब र युवाहरुको भावनाको समेत प्रतिनिधित्व गर्दै सचिब पदमा रहेर काम गर्न ईचछुक रहेको बताए।

’अहिले सहमतिको बाताबरण बन्ने सम्भाबना रहेको र नयाँ पुस्तालाई पनि गैह्र आबासिय नेपाली संघमा उचित प्रतिनिधित्व गराउने संघको घोषित नीति रहेकोले अग्रजहरुले त्यसको उचित सम्मान गर्दै आफ्नोउमेद्वारीलाई सर्बसहमति सहित अनुमोदन गर्नुहुनेछ भन्ने कुरामा आँफु ढुक्क रहेको बताए। अर्को एक प्रसंगमा उनले थपे कि, ’अब पनि दोश्रो पुसाका नेपालीहरुलाई एनआरएनको अभियानले समेट्न सकेन भने त्योपुस्ता अभियानबाट टाढिन सक्छ। साथै आंफुले जिम्मेवारी पाएको खण्डमा पुरानो पुस्ताको अनुभब र युबा जोस र जाँगरको संयोजनमा गैह्र आबासिय नेपाली संघको अभियानलाई नयाँ उचाईमा पुर्याउन लागि पर्नेजनाए। त्यस्तै यो संस्थालाई बेल्जियममा रहेका सबै पिढीहरुको सम्मानपूर्ण सहभागिताको लागि अग्रज पुस्ताले समेत जिम्मेबारिपुर्बक सोच्ने बेला आइसकेको उनले जिकिर गरे ।

स्मरण रहोस दिपक न्यौपाने नेपालमा समेत सामाजिक गतिविधिको बारेमा अनुभब सम्हालेका युबा हुन्। उनले बुटवलमा रहेको कामाक्ष बचत तथा ऋण सहाकारी सँस्थामा कोषाध्यक्षको भूमिका निभाएका थिएभने नेपालको प्रतिष्ठित स्ट्याण्डर्ड चार्टर्ड बैकमा दूई वर्ष समेत काम गरे। लेखा बिषयमा स्नाकोत्तरको पढाइ सकेर विभिन्न सामाजिक अभियानहरुमा समेत अनुभब संगालेका उनि दक्ष युबा हुन्।

Leave A Reply

Your email address will not be published.