नेकपाको स्कुल विभागमा इश्वर पोखरेल, संगठनमा बामदेव

0

नेकपा सचिवालय बैठकका निर्णय

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समय सम्म अन्योलतामा रहेको पार्टीका विभागको टुंगो लगाएको छ । शुक्रवार बसेको सचिवालय बैठकले विभागको टुंगो लगाएको हो ।

पार्टीका विभिन्न बिभाग मध्य स्कुल विभागमा धेरै आकाँक्षी हरु देखिए पछि अड्किएको बिषयमा आज सहमती जुटे पछि सबै विभागको टुंगो लागेको हो । स्कुल विभागको सबै भन्दा दरो दाबेदारी गरेका इश्वर पोखरेलले नै अन्त्यमा यसको जिम्वेवारी पाएका छन् ।

स्कुल बिभाग आफुले पाउनु पर्ने अडान राख्दै आएका नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठले प्रचार प्रसार विभागको प्रमुख जिम्वेवारी पाएका छन्। यस्तै नीति अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाख खनालले जिम्वेवारी पाएका छन् भने संगठन विभागको प्रमुख वामदेव गौतम भएका छन् ।

Leave A Reply

Your email address will not be published.