आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक २९ गतेसम्मको लागि सर्यो, अध्यक्षको गृहकार्य पुगेन

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सरेको छ । गृहकार्य नपुगेको अध्यक्षले बताएपछि मंगलबार बस्ने भनिएको बैठक सरेको हो । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सरेको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार थाइल्याण्डबाट फर्किएपछि सचिवालय बैठक बस्ने तयारी थियो। अघिल्लो सचिवालय बैठकले नै मंगलबारका लागि मिति तय गरेको थियो । सचिवालय बैठकले स्कुल विभागलगायतका विभागको टुंगो लगाउन बाँकी छ ।

साउन १३ गते बसेको अघिल्लो सचिवालय बैठकले नेताहरुको रुची बुझ्न पार्टी महासचिव पौडेललाई निर्देशनसमेत दिएको थियो । नेकपाभित्र स्कुल विभागको विषय पेचिलो बन्दै गएको छ । स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनालदेखि घनश्याम भुसालसम्मले दाबेदारी प्रस्तुत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.