पुर्व बाल लडाकु र अष्ट्रेलियाली राजदुत बिच दूतावासमै छलफल

0

काठमाण्डौं – नेपालका लागी अष्ट्रेलियाका लागी नेपाली राजदुत पिटर डब्ल्यु बडेले पुर्व बाल लडाकुहरु सँग दूतावासमै छलफल गरेका छन् । 


लेनिन बिष्ट नेतृत्वको पुर्व बाल लडाकुको समुहले अष्ट्रेलियन राजदुत सँग छलफल गरेका हुन । भेटका क्रममा पुर्व बाल लडाकुहरुले आफ्नो मुद्दा अन्तर्राष्ट्रियकरण गर्नको सहायता गर्न आग्रह गरेको बुझिएको छ । 


केही दिन अगाडि मात्रै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´  र समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत `द हेग´ लैजाने चेतावनी दिएका पुर्व लडाकुहरु र नेपालको शान्ति प्रक्रियाको सहि तरिकाले समाधान नगरे नेपाली नेता बिदेशमा जतिबेला पनि प्रकाउ पर्ने सार्वजनिक अभिव्यक्ति दिएर चर्चामा आएका राजदुत सँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Leave A Reply

Your email address will not be published.