एनआरएन अष्ट्रेलियाको आठौं अधिवेशन शुरु

0

काठमाण्डौं – गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा शुरु भएको छ ।

अधिबेशनको पहिलो दिन वार्षीक साधारण सभा, अस्ट्रेलीयन अवार्ड सेरेमोनीको कार्यक्रम ईस्टोनियन हाउसमा सम्पन्न भएको छ । आज एनआरएनए अस्ट्रेलियाको नयाँ कार्यसमितीबाट वर्कसपको कार्यक्रम साईप्रस कम्युनिटी हलमा तय भएको छ ।

कार्यक्रममा विराटनगरका मेयर भीम पराजुलीलाई प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएको छ । कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घले, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन ओसेनियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारी अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा ३ सय भन्दा बढी सदस्यहरु सहभागि छन् । यसैबीच आठौ सम्मेलनमा बिजय सापकोटाले ‘युथ अफ द ईयर’को उपाधी हात पारेका छन्। सन् २०१३ मा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका सापकोटा काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलियाको पहेलो प्रेसिडेण्ट हुन् । दुई सफल कार्यकाल पुरा गरेका सापकोटाले विद्यार्थीका बिभिन्न समस्याहरुको समाधानका लागि पहल गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.