बैद्य समुहद्वारा उपनिर्वाचन बहिष्कार गर्ने निर्णय

0

काठमाण्डौं – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिरमा हुने उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।

यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क)को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.