लोक सेवा बिज्ञापनबिरुद्ध आन्दोलन गर्ने ११ पक्राउ

0

काठमाण्डौं – लोक सेवा आयोगको बिज्ञापनबिरुद्ध आन्दोलनमा उत्रिएका ११ जना नेपाल आदिवासी जनजाति महासंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलन गरिरहेका उनिहरुले आज सिंहदरबार घेराउ गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपनि प्रर्दशनकारीहरुले चर्को नाराबाजीसहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.