अपडेट: त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो, बेपत्ताको खोजी कार्य जारी

0

काठमाडौं – सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस हिजो बिहान धादिङको बेनीघाटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बस खसेको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ बर्षिय अजय दास, सर्लाहीकै २५ बर्षिय विजय कुर्मी छन् । अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन ।

उनीहरु तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । चितवनको जुगेडीमा एक मुग्लिङमा एक र देवघाटमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी २ जनाको शव नवलपरासीमा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बसमा ४५ जना सबार थिए ।

जसमा बस चालक र दुई जना सहचालक  रहेको प्रहरीले जनाएको छ । बिहान साढे तीन बजे त्रिशुली नदीमा खसेको बसलाई क्रेनको मद्धतबाट नदीबाट निकालेर किनारमा ल्याइएको छ ।

तर बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । बसमा सवार २० यात्रु वेपत्ता रहेको समेत प्रहरीले जनाएको छ । दुर्घटनामा परेका मध्ये १६ जनाको उद्दार गरी काठमाडौं ल्याएर उपचार भइरहेको छ ।

कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली समेत परिचालन गरेर बसमा सवार अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.