रुसी नौसेनाको परमाणु केन्द्रमा रकेट बिस्फोट, पाँचजनाको मृत्यु

0

एजेन्सी – रुसमा रकेट बिस्फोट हुँदा पाँचजनाको ज्यान गएको छ भने अरु तीनजना घाइते भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा स्थानीय समय अनुसार बिहीबार रकेट बिस्फोट भएको जनाएको छ ।

रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको रोस्टाकमले बताएको छ । घाइते भएका तीनजनाको शरीर गम्भीर रुपले जलेको र उनीहरु कम्पनीमै कार्यरत कर्मचारी रहेको जनाइएको छ ।

सरकारी अधिकारीले सुरुमा नियोन्स्कामा रहेको परमाणु केन्द्रमा भएको बिस्फोटमा दुईजनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए । बिस्फोट भएका बेला रेकट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको रोस्ताकमलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको नियोन्स्कामा बिस्फोट भएको हो ।

Leave A Reply

Your email address will not be published.