विप्लव समूहका रामेछाप इन्चार्ज पक्राउ

0

काठमाण्डौं – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) जयराज सापकोटाले विप्लवका रामेछाप इन्चार्ज यादव ढुङ्गेल, काभ्रे जिल्ला सदस्यद्धय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको जानकारी दिए । आइतबार बेलुका धुलिखेलबाट रामेछाप इन्चार्ज ढुङ्गेल पक्राउ परेका थिए भने जिल्ला सदस्य रायमाझीद्धय शुक्रबार राती बनेपाबाट पक्राउ परेका थिए ।

रामेछापका इन्चार्ज यादव ढुङ्गेलले भुम्लु गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी तथा क्षति पुर्‍याएको आरोपमा र अन्य दुई जनालाई २०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.