विमानमै पूर्वमन्त्री विष्टलाई हृदयघात, भैरहवामा आकस्मिक अवतरण

0

काठमाण्डौं – पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हृदयाघात भएको छ । विष्ट आइतबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा हृदयाघात भएको हो । हृदयघात भएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेर उनको उपचार भइरहेको छ ।

मन्त्री विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौैं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बिष्टको मुटुमा समस्या देखिएकाले उपचार भइरहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरूङले जानकारी दिए । न्यूरोको पिन अपरेशन गरेका कारण उनलाई आकाशमा झट्का लागेको हुन डाक्टरहरूले बताएका छन् । विष्ट शेरबहादुृर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्री बनेका थिए ।

विष्टलाई भैरहवा छोडेर उक्त उक्त जहाज काठमाडौं फर्किएसकेको छ । उनी २०७० सालमा सुर्खेत – ३ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.