बिष्ट सहितका पुर्व बाल लडाकु पुगे युएन मुख्यालय !

0

काठमाण्डौं – लेनिन बिष्ट नेतृत्वको पुर्व बाल लडाकुहरुले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन) को नेपालस्थित कार्यलयको मुख्यालयमै पुगेर भेटघाट गरेका छन् । 


युएनकी नेपाल प्रतिनिधि भ्यालेरि नेतृत्वको टिममा युएनको नेपाल मिसनका विभिन्न एजेन्सीका प्रमुखहरुको उपस्थिति रहेको स्रोतले जनाएको छ । 


युएन सँगको छलफल सकारात्मक भएको भन्दै आगामी दिनमा पनि निरन्तर संवाद, छलफल र संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउनको लागि सहकार्य गरिने पुर्व बाल लडाकुका प्रमुख रहेका बिष्टले जानकारी दिए । 


त्यस्तै बाल सैन्यको मुद्दालाई प्राथमिकताका साथ यसलाई पूरा गर्नको लागी आफुहरुको पक्षमा वकालत गरिदिनको लागी आफुहरुले गरेको आग्रहलाई युएनले सकारात्मक रुपमा लिएको पुर्व बाल लडाकु संगठनका प्रबक्ता योग्य बहादुर कार्कीले जानकारी दिए । 


तीन महिना भित्र आफ्नो माग सम्बोधन नगरे प्रचण्ड – बाबुरामलाई हेग लैजाने बाल लडाकुको चेतावनीलाई नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले हेग लगे हिरो बन्ने अभिव्यक्ति दिएपछि बाल सैन्यको मुद्दा अझै चर्चामा छ । यसै सन्दर्भमा पुर्व बाल लडाकुको युएन प्रतिनिधिको भेटलाई अर्थपूर्ण मानिएको छ । 

Leave A Reply

Your email address will not be published.