प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट प्रकरण: भ्रममा नपर्न सल्लाहाकारको आग्रह

0


काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलिको ह्याक भएको वेबसाइट नक्कली भएको सचिवालयले दावी गरेको छ ।

केपी शर्मा ओलीको वेभसाइटमा एक युवतीको नग्न तस्विर राखिएको छ भने चाइनिज भाषाको प्रयोग गरिएको छ ।

यो प्रधानमन्त्री ओलीको आधिकारीक वेबसाइट नभएको सचिवालयले दावी गरेको हो । उनको वेभसाइट ह्याक गरेर यस्तो गरिएको नभइ कसैले प्रधानमन्त्रीकै नामसँग जोडेर साइट खोलेको प्रधानमन्त्रीका आइटी सल्लाहाकार असगर अलीले दावी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘प्रधानमन्त्री ज्यूको आधिकारिक वेब साइट www.kpsharmaoli.com.np हो। यो पेजको नाम सगँ मिल्दो अन्य वेब साइट हेरी प्रधानमन्त्री ज्यूको वेब साइट ह्याक भयो भनेर भ्रममा नपरौं ।’

प्रधानमन्त्री ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने प्रश्नमा उनले अहिलेसम्म खुलेको छैन् । यसका विषयमा अनुसन्धान भइराखेको छ, उनले भने ।

Leave A Reply

Your email address will not be published.