काठमाण्डौं – आज विश्व बाघ दिवस मनाइँदै छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको पालामा सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि विश्व बाघ दिवस मनाउन सुरु गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले २००९ को तुलनामा २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ । बाघको संख्या वृद्धि गर्नका लागि २०१६ मा बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना बनाएर विभागले काम गरिरहेको छ । जसले बाघको संरक्षण हुनुका साथै जैविक मार्गको संरक्षण हुने विभागले विश्वास लिएको छ ।