मौसम महाशाखाको आग्रह, अबको २४ घण्टा सतर्क रहनुहोस

0

काठमाण्डौं – आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


आज सूचना जारी गर्दै महाशाखाले देशका पूर्व मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाले बर्षाले हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण अवरोध आउन सक्ने उल्लेख गरेको छ। देशका पहाडी भूभागमा पहिरो जाने तथा तराईमा बाढी आउन सक्ने उल्लेख गर्दै आगामी २४ घन्टासम्म प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलिबाट भने वर्षा कम हुने उनको मौसमविदहरुको अनुमान छ ।
Leave A Reply

Your email address will not be published.