लुक्ला विमानस्थल तीन दिनदेखि ठप्प, पर्यटक अलपत्र

0

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मनसुन सुरु भएसँगै लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका हुन् ।

बिनासिजनमा पनि दैनिक जसो दर्जनको हाराहारीमा उडान हुने खुम्बु क्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान ४० जना पर्यटक तथा नेपाली यात्रु विमान कुरेर बसिरहेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार दैनिक तारा एयरका १० र समिट एयरका पाँच गरी १५ उडान गर्ने तालिका रहेको थिए । बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएपछि बिहीबारदेखि कुनै हवाईजहाज र हेलिकप्टरको उडान हुन सकेको छैन । अहिले पर्यटकीय मौसम नभए पनि स्थानीय बासिन्दा तथा फाटफुट आउने पर्यटकलाई भने समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

यता सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा पनि झन्डै एक सातादेखि कुनै उडान भएको छैन । विमानस्थलमा भिजिविलिटी अत्यन्त न्यून रहेकोले हवाईजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो ।

विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटरभन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्ने बताइन्छ ।

Leave A Reply

Your email address will not be published.