चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल राेक्न डा. केसीकाे माग

0

काठमाण्डौ – वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन ।

चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन ।

योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनेगरी आयोगको उपाध्यक्ष छनोट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गर्नुपरेको उनको भनाइ छ । चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भैसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत गराए ।

त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्नेगरी आएको दावी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिए ।

Leave A Reply

Your email address will not be published.