मुगू – मुगुस्थित खत्याड गाउँपालिका कार्यालयको मुल गेटमा बम फेला परेको छ । बम कुन समुहले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन् ।
स्थानीयका अनुसार नेत्रचन्द विप्लव समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ । गाउँपालिकाको कार्यालय देखि ३० मिटर टाढा नेपाल प्रहरीको अस्थाई प्रहरी चौकी रहेको र आसपासमा पसल रहेका छन । जिल्लाबाट आदेश आएपछि बम निस्कृय बनाउन सकिने अस्थाई प्रहरी चौकिका ईन्चार्जले बताएका छन् । बम राखेको थाहा पाएपछि स्थानीय त्रसित छन् ।