भुकम्प लगत्तै भिषण वर्षा

0

काठमाण्डौं – धेरै समयपछि आज भूकम्पको ठूलो धक्का महशुस भयो । दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पसँगै एउटा संयोग के पनि मिल्यो भने भिषण वर्षा पनि शुरु भएको छ ।

आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गतवर्ष भन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ ।

Leave A Reply

Your email address will not be published.