सरकारका विरोधीहरुले मास्क लगाएर हिंड्न थालेः प्रधानमन्त्री ओली

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि विरोधीहरुले मास्क लगाएर हिड्न थालेको तर्क गरेका छन् ।

काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि बचाउ गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौंमा समाजवादी पार्टीका केही नेतालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको बताए ।

तर विरोधीहरुले सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालेको तर्क गर्दै ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गाउने हाम्रो काम रोकिँदैन ।’

आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्णयको आलोचना

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा सरकारविरुद्ध षड्यन्त्रको तानाबाना बुनिएको भन्दै आलोचकहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आईफा अवार्ड रोक्न यस्तै खेल भएको जिकिर गरे । 

उनले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउनकै लागि आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको टिप्पणी गरे ।

संसदीय समितिको निर्णयप्रति असन्तुष्ट उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनलाई अनधिकृतको संज्ञा दिए । 


प्रधानमन्त्री ओलीले ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो’ भने ।

प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा जस्ता लोकप्रिय कार्यक्रमको थालनीले सरकार सफल हुन आँट्यो भनेर अत्तालिएका मानिसहरुले यो हल्ला चलाउन थालेको भन्दै ओलीले सरकारको बचाउ पनि गरे ।

चुनाव जित्न नसक्नेहरुले आलोचना त गर्न पाउनु पर्यो नि १ उनले व्यंग्य समेत गरे ।

पार्टी फुटाउन चाहनेलाई चुनौति

नेकपा फुट्छ कि भन्ने सपना केहिले देखिरहेको भन्दै उनीहरुप्रति दयामात्र लाग्ने उनले बताए । उनले भने, ‘कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो ।’

हिम्मत भए फुटाउने प्रयास गर्न चुनौति पनि उनले दिए ।

image khabar

Leave A Reply

Your email address will not be published.