सुडान काण्डका पुर्व आइजिपी ठकुरीले सर्बोच्चमा आत्मसमपर्ण गरे

0

काठमाण्डौं – सुडानको डार्फरका लागि संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि भएको सामान खरिदमा भष्ट्रचार गरेको आरोपमा दोषी ठहर भएका पूर्व आइजिपी रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

दुई वर्षअघि सर्वोच्चले ठकुरीसहित तीन पूर्व आइजिपी दोषी ठहर गर्दै ठकुरीको हकमा एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो ।

सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।

त्यसअघि २०६८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भष्ट्रचार मुद्धामा फैसला गर्दै विषेश अदालतले यस सुडान घोटालामा संलग्न ठेकेदार र तीन पूर्वप्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो ।

विशेषको फैसलाको पुनरावेदन हुनुपर्ने भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले दुई वर्षअघि विशेषको फैसला पुनरावलोकन गर्दै यी सबैलाई दोषी ठहर गरेपनि सजायमा भने हेरफेर गरेको थियो । ठकुरीले भुक्तानी दिँदा रकम लिएको प्रमाण नदेखिएको भन्दै उनीमाथी विगो भने कायम गरिएको थिएन ।

चन्द आइजिपी रहेकै बेला निलम्बनमा परेका थिए । वरियता र वरिष्ठता मिचेर आईजीपी बनाइएका चन्द निलम्बनमा परेपछि उनको एआईजीमा उनको ब्याचको पहिलो नम्बरका रविन्द्र प्रताप शाहलाई प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । चन्दलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

चन्द फरार थिए कि समातिएको थिएन

सर्वोच्च अदालतको फैसलापछि अदालतमा आत्मसमर्पण गरेका राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ जेल चलान भएका थिए । तर चन्द भने ‘फरार’ जस्तै थिए । स्रोतका अनुसार यसबीचमा उनी अधिकांश समय नेपालमै थिए । ललितपुरको कुपन्डोल घर भएका चन्द सार्वजनिक कार्यक्रम र सामाजिक कामकाजमा पनि देखिने गरेका थिए । तर प्रहरीले उनलाई ‘फरार’कै सूचीमा राखेको थियो ।

Leave A Reply

Your email address will not be published.