विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि सशस्त्रका चालक

0

काठमाडौं – विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन् ।

विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलार्य १० जना र पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने व्यवस्था छ । तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ ।

स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन् । त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.