नेपाली सेनाद्वारा ‘एक जवान एक विरुवा रोपण अभियान’ आरम्भ

0

काठमाण्डौं – नेपाल सरकारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई मुर्त रुप प्रदान गर्ने उद्देश्यले नेपाली सेनाले ‘एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान’ कार्यक्रम लागु गरेको छ ।

सो अभियानबमोजिम प्रधानसेनापति पूर्णचन्‍द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्‍न जातका फलफूलका विरुवाहरु रोप्नुभई विरुवा रोपण अभियानको शुभारम्भ गर्नुभएको छ ।

स्थानीय प्रतिनिधि तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागिता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ(आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्‍न स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी एक लाख ५० हजार ९ सय ७७ वटा विभिन्‍न जातका स्थानीय हावापानीसुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्‍न जातका फलफूलको विरुवा रोपण कार्यक्रम शुक्रबार सम्पन्‍न गरिएको छ ।

Leave A Reply

Your email address will not be published.