केटी जिस्काउने ६८ प्रतिशत ५० वर्ष माथिका !

0

एजेन्सी – भनिन्छ तन बुढो भएपनि मन बुढो हुँदैन । यो भनाईलाई पाका मानिसहरुका यौनिक व्यवहारले पनि पुष्टि गर्दछ । भारतको उत्तर प्रदेशमा गरिएको एक अध्ययनले पाका मानिसहरु महिलालाई जिस्काउनमा सबैभन्दा अगाडि रहेको देखाएको छ ।

वुमन पावर लाइन १०८० को तथ्यांक अनुसार महिलामाथि दुव्र्यवहारको आरोपमा अहिलेसम्म जेल पठाइएका मध्ये ६८ प्रतिशत पुरुषहरु ५० वर्षभन्दा माथिका छन् ।अहिलेसम्म ५ सय ७३ जना पुरुषलाई महिलालाई जिस्काएको वा दुव्र्यवहार गरेको आरोपमा जेल पठाइएको छ । जसमा धेरै पुरुषहरु ५० वर्षभन्दा पाका छन् ।

यस्तो अभियोगमा पक्राउ परेकाहरुमध्ये केही मानसिक रोगी पनि पाइएका छन् । पाका मानिसहहरु बढी हिम्मतिला हुने र केटीहरुले आफ्नो विरुद्ध पुलिसमा उजुरी नगर्ने विश्वासका साथ पुनः दुव्र्यवहार गर्ने गरेको पाइएको छ ।

अझ विभिन्न कम्पनी तथा कार्यालय संचालन गरेका पाका पुरुषहरुले त्यहाँ जागिरका लागि आवेदन गर्न आउने युवतीहरुमाथि जागिरको लोभ देखाएर अश्लील हर्कत गर्ने गरेको समेत पाइएको छ ।

Leave A Reply

Your email address will not be published.