काठमाण्डौं – टेलिभिजन सेवा प्रदायक बिभिन्न संघ – संस्थाहरुले सरकारले ‘क्लीन फिड’ ब्यबस्था लागु गरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले ‘क्लीन फिड’ ब्यबस्थाले अर्बौंको लगानीसमेत डुब्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले घरघरमा टेलिभिजनको ‘सिग्लन’ पुर्याउने दायित्वबाट सरकार पन्छिन थालेको आरोप लगाए ।
यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले ‘क्लीनफिड’ सम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताए ।
टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले ‘क्लीनफिड’को बिरोधमा सोमबार २४ घण्टाका लागि बिदेशी च्यानल बन्द गरेका थिए ।