बन्द भयो राजधानीको चर्चित हायात होटल

0

काठमाडौँ- राजधानीमा सञ्चालन भइरहेको एक चर्चित पाँचतारे होटल ‘हायात रिजेन्सी’ बन्द भएको छ । बौद्धस्थित हायात रिजेन्सी  करिब २ दशकदेखि सञ्चालनमा थियो ।

होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै जानकारी नै नदिई होटल बन्द गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन् ।

होटलले केही  दिनयता धमाधम बुकिङ रद्द गर्न थालेपछि आन्दोलनरत कर्मचारी सशंकित भएका थिए । त्यहाँ बुकिङ गरेका पर्यटकहरुको टोलीले र्‍याडिसन, म्यारियटलगायत होटलमा बुकिङ गरेको कर्मचारीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.