पत्रकार रबी लामिछानेको रास्कोट अस्पताललाई बेल्जियमबाट सोह्र लाख सहयोग

0

कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने रासकोट सामुदायिक अस्पातलका लागि बेल्जियमबाट करीब सोह्र लाख रुपयाको सहयोग सन्कलन भएकोछ । बेल्जियम निबासी सुनिता गुरुङ धिताल र नारायण धिताल जोडीको सकृयतामा सन्कलन भएको उक्त रक्रम त्यस अस्पातलको निर्माणका सन्योजक चर्चित पत्रकार रबी लामिछानेलाई छिट्टै हस्तान्तरन गरिनेछ । सन्कलन भएको रकमको बारेमा जानकारी र सहयोग दाताहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्म्मेलनमा उक्त जानकारी गराइएको हो .

गैर आबासीय नेपाली संघ बेल्जियमको कार्यालयमा आयोजित कार्यक्रममा गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल,अाइसिसिस सद्स्य त्रय पदम गुरुङ , सरु चापागाई र लीला शर्मा मानन्धर लगायत बिभिन्न सामाजिक र बैचारिक संघ संस्थाहरुका पदाधिकारीहरु उपस्थित हुनु हुन्थ्यो ।


कार्यक्रममा नारायण धितालले कालिकोट जस्तो बिकट जिल्लामा औषधी उपाचारको अभाबमा त्यहाका स्थानीय जनताले भोगी रहेको कठिनाई र उनीहरुको पिडा महशुस गरी एक लाख नेपाली सहयोग गर्न चाहेको कुरा अरु साथीहरुलाई सुनाउदा यस्तो पवित्र कामका लागि हामी पनि सहयोग गर्न चाहन्छौ भनी भनेकोले आफुहरुले यसको सन्योजन गरेको र संस्थागत र ब्यक्तिगत रुपमा सहयोग प्राप्त हुँदै जादा करीब साँढे सोह्र लाख रकम सन्कलन भएको र सहयोग गर्ने सबै परोपकारी मनहरुलाई धन्यवाद दिनु भएको थियो ।


सुनिता गुरुङले सहयोग अभियानमा सहभागि सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै परोपकारी काममा सबै सँग हातेमालो गर्न सकियोस भनी कामना गर्नु भयो । उहाले चन्दादाताहरुको नाम , सहयोग रकम सहितको विवरण पत्रकारहरु ओम शर्मा र डिल्ली आमाइलाई हस्तातरण गर्नुभएको थियो ।


एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अबिभाबक ब्रह्मादत्त वाग्लेले सबै सहयोगदाता र सहयोग सन्कलनको अगुवाइ गर्ने धिताल जोडीलाई धन्यवाद दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.