बेल्जियमका नेपाली ब्यबसायी र नेपाल उध्योग बाणिज्य महासंघका प्रतिनिधि बीच अन्तर्कृया

0

नेपाली ब्यबसायी संघ बेल्जियमले नेपाल उध्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेत्रित्वमा युरोपको भ्रमणमा रहेको प्रतिनिधिमन्डललाई स्वागत तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

बेल्जियमको एन्तवेरपेन शहरमा भएको उक्त कार्यक्रममा एक नम्बर प्रदेशका प्रदेश सभा सांसद
लीलभ बस्नेत, बेनेलक्सका लागि नेपाली राजदुताबास ब्रुसेल्सका उपनियोग प्रमुख सुधिर कुमार भट्टराई, गैर आबासीय नेपाली संघका युरोप सन्योजक शिव बरुवाल, आईसिसी सदस्य सरु चापागाई र संघका बेल्जियम अध्यक्ष लोक दाहाल लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरु उपस्थित रहनु भएको थियो ।


अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उध्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर श्रेष्ठले प्रबासका नेपालीहरुले आफ्नो मातृभूमीको लागी आउले आर्जन गरेको ज्ञान, शिप, पुजी लगानी गरी देश बिकासमा योगदान गर्न र मात्रित्व र भात्रित्वको कर्तब्य नभुल्न आग्रह गर्नु भयो ।

प्रदेश नम्बर एकका सभासद लीलभ श्रेष्ठले नयाँ संबिधान जारी भए पछि नेपाल राष्ट्र नयाँ चरणमा प्रबेश गरेकोले बिदेशमा बस्ने नेपाली दाज्यु भाई दिदीबहिनीहरुले नेपालको दुई तिहाइ जनमत प्राप्त सरकारलाई आशाको विश्वाश गर्न आग्रह गर्दै देशबिकासमा साझेदारी गर्न आग्रह गर्नु भयो ।
नेपाली दुताबासका उपनियोग प्रमुख सुधिर कुमार भट्टराईले नेपाल सरकार निजी क्षेत्रसँग साझेदारी गरी देशको अर्थतन्त्रलाई मजबुत गर्न तयार रहेको, आधुनिक विश्व बजारलाई बुझेर काम गर्न सक्ने गरी निती नियमहरु बनाएेएकोले सोही अनुसार लगानी गरी आफ्नो र देशको आर्थिक अवस्था सुधार गर्न उध्योगी ब्यबसायी लाग्नु पर्ने बताउनु भयो ।


गैर आबासीय नेपाली संघका युरोपियन संयोजक शिव कुमार बरुवालले एनआरएनए बिदेसिएका नेपालीहरुलाई नेपाल सँग जोड्ने महत्वपूर्ण संस्था भएको स्मरण गराउदै नेपाल सरकारले अघि सारेको सुखी नेपाली सम्ब्रिद्ध नेपालको अब्धारणामा हातेमालो गर्न तयार रहेको बताउनु भयो ।


गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालले नेपालको उध्योग ब्यवसाय क्षेत्रका प्रबुद्ध ब्यक्तीहरुलाई बेल्जियममा स्वागत गर्न पाउदा खुशी लागेको र बेल्जियमका नेपालीहरु एनआरएनको मातृभूमीका गरिने हरेक अभियानमा सहभागि हुन तयार रहेको र नेपालमा उध्योग ब्यवसाय सन्चालन गर्दा हुने कठिनाईमा सहजिकरण गरिदिन नेपाल उध्योग बाणिज्य महासंघलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा बेल्जियमका ब्यबसायी, पत्रकारहरु र नेपालबाट आउनु भएका उध्योग बाणिज्य महासंघका पदाधिकारी र प्रतिनिधिहरुले नेपालमा लगानी र सम्भाबना, त्यसका कठिनाई, नेपाली अर्थतन्त्रको अवस्था, बेल्जियमका ब्यबसायीहरुको बारेमा जानकारी,युरोपमा गर्न सकिने आयात, पर्यटन, भिजिट नेपाल २०२०, ब्यबासायी संघ र उध्योग बाणिज्य महासंघ बीचको संस्थागत सम्बन्धका बारेमा छलफल र अनुभबको आदानप्रदान भएको थियो ।

नेपाली ब्यबसायी संघका महासचिब मदन दवाडीले सन्चालन र उपाध्यक्ष चिरन कुमार खवासले स्वागत गरेको कार्यक्रमका सभापति संघका अध्यक्ष यामु निरौलाले सबै सहभागीहरुलाई धन्यवाद दिदै छोटो समयमा आयोजना गरिएको कार्यक्रममा महत्वपूर्ण छलफल भएको यस्ता कार्यक्रमले सकारात्मक् परिणाम् दिने आशा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.